मंगलबार, फाल्गुन १५ गते ।

मकवानपुर । नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष विद्वान गुरुङलाई काभ्रे तरुणले भव्य स्वागत गरेको छ । अध्यक्ष गुरुङ काभ्रेको अट्ठाइस किलो भन्ने स्थानमा रहेको पन्चमुखी हनुमानगढीको दर्शनका लागि त्यहाँ पुगेका थिए ।

अध्यक्ष गुरुङ सयौ तरुणहरूसहित मन्दिरमा पुजा गर्न पुगेका थिए । नेपाल तरुण दल काभ्रेको निवर्तमान अध्यक्ष एवम् भुम्लु गाउँपालिका उपाध्यक्ष दावा लामा र नेपाल तरुण दल अध्यक्ष काभ्रेको सभापती सुजन लामासहित उल्लेख्य सङ्ख्यामा रहेका तरुणहरूले खादा लगाएर अध्यक्ष गुरुङलाई स्वागत गरेका थिए ।

साथै अध्यक्ष गुरुङलाई काभ्रे तरुणले स्कर्टिङ समेत गरेको थियो ।