शुक्रबार, फाल्गुन १८ गते ।

मकवानपुर । पशुपतिमा क्रीया बसेका कांग्रेस नेता चन्द्र भण्डारीसँग नेपाल तरुण दल अध्यक्ष गुरुङ सहितको केन्द्रिय सदस्यको टोलीले आज भेट गरेकाे छ ।
एक वर्षअघि ग्यासको सिलिण्डर पड्केर नेता भण्डारीको आमाको मृत्यु भएको थियाे । नेता भण्डारी समेत गम्भीर घाइते भएका थिए । उनलाई उपचारको लागि भारत लगिएको थियाे । सल्यक्रियापछि उनी नेपाल फर्किएका थिए ।

आफ्नो आमाको क्रिया बस्न त्यस बेला नपाएकोले हाल कांग्रेस केन्द्रीय सदस्य समेत रहेका भण्डारी पशुपतिको क्रिया बस्ने ठाउँको ११४ न. को कोठामा सामान्य रुपमा क्रिया बसेका छन् ।

साथै शोक प्रकट गर्ने क्रममा तरुण दल अध्यक्ष विद्वान गुरुङले नेता भण्डारीको माताप्रती श्रद्धान्जली प्रकट गरे । क्रिया बसेको आज (८)आठौ दिन शोक प्रकट गर्न गएका तरुण दल केन्द्रिय सदस्यहरुले आफ्नो परिचय दिएका थिए । नेता भण्डारीले उपस्थित सम्पुर्ण तरुणहरुलाई धन्यवाद दिँदै (१३) तेर्हौ दिन फाल्गुन २३ गते प्रसाद ग्रहणको निम्तो दिए ।