आइतबार, फागुन २० गते ।

मकवानपुर । विरेन्द्रनगर ४ मा तरुण दलका सदस्य माथि फागुन १२ गते साँझ ८:३० बजे अपरिचित व्यक्तिहरुले कटुवा पेस्तोल प्रयोग गरी ज्यानै मार्ने उदेश्यले गोली प्रहार गरेका थिए । अपरिचित अपराधिक मनोवृत्तिका व्यक्तिहरुले कटुवा पेस्तोल प्रयोग गरी ज्यानै मार्ने घृणित उद्देश्यले गोली प्रहार गरेको जघन्य अपराधिक घटनाप्रति नेपाल तरुण दल केन्द्रीय समितिको गम्भिर ध्यान आकृष्ट भएको छ ।

तरुण दलले शनिबार एक विज्ञप्ति जारी गरी तरुण सदस्य विनोद गिरी माथि भएको पेस्तोल आक्रमणको सत्य तथ्य र निष्पक्ष छानवीनको माग गरेको छ । दलका अध्यक्ष विदान गुरुङद्वारा जारी विज्ञप्तिमा अपराधिक कृयाकलापमा संलग्न सम्पुर्ण व्यक्तिहरूलाई हदैसम्मको कारबाहीको माग समेत गरिएको छ । 

ज्यानै मार्ने उदेश्यले तरूण दलका सदस्यमाथि गरिएको पेस्तोल आक्रमणको दल घोर भर्त्सना गर्दै, सो घटनाको सत्यतथ्य छानवीन गरी जनता समक्ष ल्याई आम नागरिकहरूमा देखिएको त्रास र भयको वातावरण अन्त्य गर्न र जनतालाई शान्ति सुरक्षाको प्रत्याभूति दिन नेपाल तरूण दलले सरकारसँग जोडदार माग गरेको छ ।

साथै नेपाल तरूण दल सुर्खेत जिल्ला सदस्य विनोद गिरी माथि फागुन १२ गते साँझ ८:३० बजे बजारबाट घर जाने क्रममा विरेन्द्रनगरमा अपरिचित व्यक्तिहरुले कटुवा पेस्तोल प्रयोग गरी ज्यानै मार्ने उदेश्यले गोली प्रहार गरेको तरुण दलका अध्यक्ष विद्वान गुरुङले बताए ।