मकवानपुर । नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष विद्वान गुरुङले अन्तर्राष्ट्रिय नारी दिवसको शुभकामना व्यक्त गरेको छ । अध्यक्ष गुरुङले एक विज्ञप्ति जारी गदै भनिएको छ, ‘हरेक वर्ष ८ मार्चमा मनाइने अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सम्पूर्णमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।’

‘कतिपय स्थानमा महिलाहरु विभेद र हिंसाका शिकार हुन पुगेका छन् । ठोस कानुन निर्माण गरी महिलामाथि हुने विभेदको अन्त्य गर्नुपर्छ । नेपालको प्रजातान्त्रिक आन्दोलनमा महिलाहरुले अग्रणी भूमिका खेलेका छन् । राज्यको हरेक निकायमा महिलालाई अवसर दिनका लागि आवश्यक नीति निर्माण गरी अघि बढ्न सके राष्ट्र सम्मुनत हुन्छ । कागजमा आरक्षणको कोटा मात्र राखेर महिलाहरुको सम्मान हुँदैन । व्यवहारमा कार्यान्वयनमा ल्याउनुपर्छ’ अध्यक्ष गुरुङद्वारा जारी विज्ञप्तिमा उल्लेख छन् ।