बुधबार, बैशाख ०५ गते ।

मकवानपुर । नेपाल तरुण दलको आफ्नै भवन निर्माणका लागि मकवानपुरका नेपाल तरुण केन्द्रीय सदस्य गुरुप्रसाद दाहाल (गोपी) ले २ लाख ५ हजार ५५५ रुपैयाँ सहयोग गरेका छन् ।

तरुण दलको केन्द्रीय सदस्य रहेका दाहालले भवन निर्माणका लागि ब्यक्तिगत रकम सहयोग गरेका हुन् । उनले गरेको सहयोग प्राप्त भएको तरुण केन्द्रीय अध्यक्ष बिद्वान गुरुङले सामाजिक सन्जाल फेसबुकमार्फत सार्वजनिक गरेका छन् ।

तरुण दलको केन्द्रीय कार्यसमिति बैठकले तरुण दलको भवन बनाउने निर्णय गरे बमोजिम उक्त निर्णयलाई सार्थकता दिन नगद सहयोग गरिएको दाहालले बताए ।

तरुण दलको चैत्र १५ र १६ गते बसेको केन्द्रीय समिति बैठकले केन्द्रीय कार्यालय भवन निर्माण गर्ने निर्णय गरेको थियो । सोही निर्णयको कार्यान्वयनका लागि मैले मेरो तर्फबाट २ लाख ५ हजार ५५५ रुपैयाँ सहयोग गरेको दाहालको भनाई छ ।