शनिबार, बैशाख २९ गते ।

मकवानपुर । नेपाल तरूण दलका केन्द्रिय अध्यक्ष विद्वान गुरुङले अक्षय तृतीयाका दिन तरुण दलको केन्द्रीय कार्यालयको भवन निर्माण गर्ने सन्दर्भमा जग तथा क्षमा पूजा गरेका छन् ।

शुक्रबार अध्यक्ष गुरुङले काठमाडौंको कालीमाटीको रविभवनस्थित केन्द्रीय कार्यालयको जमीनमा अक्षय तृतीयाको शुभ अवसर पारेर जग तथा क्षमा पूजा गरेका हुन् ।

साथै अध्यक्ष गुरुङले केन्द्रीय कार्यालयको भवन निर्माणका लागि धमाधम रकम संकलन भइरहेको भन्दै छिट्टै औपचारिक रुपमा भवन निर्माणको काम गरिने बताए । उनले आर्थिक सहयोग गर्ने केन्द्रीय सदस्यहरूलाई धन्यवाद समेत दिएका छन् ।

भवन निर्माणका लागि शुक्रबारसम्म ६८ लाख ७८ हजार १ सय २ रुपियाँ संकलन भएको अध्यक्ष गुरुङले बताए ।