सोमबार, वैशाख ३१ गते ।

मकवानपुर । नेपाल तरूण दलको काठमाडौंको बत्तिसपुतली अनुपम फुड्ल्याण्डमा सोमबार केन्द्रीय समिति बैठक बसेको छ । माइतीघरदेखि नयाँ बानेश्वरसम्म सहकारी ठगीविरूद्ध विरोध र्‍याली गर्ने आजको बैठकबाट तय गरेको छ । नेपाल तरुण दलले दिएको जानकारी अनुसार बुधबार दिउँसो १ बजेदेखि माइतिघरबाट विरोध र्‍याली हुनेछ ।

तरुण दलले सहकारीमा देखिएका समस्या दिगो रूपमा समाधान गर्न सरकारसँग माग पनि गरेका छन् । ‘सहकारी रकम दुरूपयोग गरी अपचलन गर्ने ठगहरूलाई छानबिनको दायरामा ल्याई कानूनी कारबाही गर्न तरुण दलले सरकारलाई दबाब सिर्जना गर्न विरोध र्‍याली गर्न लागेको हो ।

सहकारी बचतकर्ताहरुको बचत फिर्ता गराउन, सहकारीको समस्यालाई दिगो रुपमा समाधान गर्न र सहकारीको रकम दुरुपयोग गरी अपचलन गर्ने सहकारी ठगहरुलाई छानबिनको दायरामा ल्याई कानुनी कारबाहीको माग राख्दै तरुण दलले सडक संघर्ष गर्न लागेको हो ।