डा. मुस्कान पोख्रेल ।

बिहीबार, जेठ ०३ गते ।

मकवानपुर । धादिङको एड्भान्स एकेडेमीबाट २०६८ सालमा एसएससी उतिर्ण गर्दै मेडिकल डाक्टर बन्न सफल बनेकी मुस्काल पोख्रेलले यतिबेला “द पोएट आइडल” मार्फत कविताको दुनियाँमा आफ्नो छुट्टै परिचय स्थापना गर्न सफल बनेकी छिन् ।

“द पोएट आइडल”को दोस्रो सिजनको अन्तिम चरणमा प्रवेश गर्न सफल बनेपछि उनको चर्चा अहिले व्यापक देखिन्छ । अन्तिम चरणमा अहिले चार प्रतिस्पर्धी छन् जस मध्यका एक हुन् डा. मुस्कान पोख्रेल । अब पोख्रेलको जित भने भोटमार्फत हुनेछ ।

विजेताले नगद १० लाख रुपैयाँ सहित ट्रफी उचाल्ने छन् । पूरापुरी तीन महिनामा ३० शृङ्खलासम्म प्रसारण भएको आइडलको आगामी जेठ १२ गते शनिबार बिजेता घोषणा हुँदै छन् । अहिले पोख्रेलसँगै अन्य तीन प्रतिस्पर्धीहरुमा विजय लुइँटेल (इलाम), सिमियोङ सुकिता राई (सिक्किम) र मोहित जोशी (कैलाली) रहेका छन् ।

मुस्कान पोख्रेललाई भोट गर्न आफ्नो मोबाईलमा OSR connect एप डाउनलोड गरि त्यसपछि The Poet Idol क्लिक गरि त्यसपछि मुस्काल पोख्रेलको फोटोमा क्लिक गरेर भोट गर्न सकिन्छ । विदेशबाट खल्ती र इ-सेवाबाट समेत भोट गर्न सकिन्छ ।

हिमालय टेलिभिजन र OSR Reality युट्युब च्यानलमार्फत शनिबार राति ८ बजेदेखि प्रत्यक्ष प्रसारण हेर्न सकिने पोएट आइडल टिमले बताए । भोटिङ लाईन सोही दिनको साँझ ७ बजेसम्म खुल्ला रहने छ ।

साथै मुस्कान पोख्रेलले सम्पुर्ण देश बिदेशमा छरिएर रहनु भएका नेपालीहरुलाई भोट गर्नको लागि पनि अनुरोध गरेकी छिन् ।