जिल्ला प्रशासन कार्यालय झापाले आजबाट लकडाउन केहि खकुलो बनाएर एक साता सम्म लम्बाएको छ ।
संक्रमणको दरमा कमि आइरहे पनि खतरा टरिनसकेको भन्दै लकडाउन १४ गते सम्म लम्बाएको हो । प्रशासन कार्यालय झापाले केहि कुरा परिमार्जन सहित लकडाउन थपिएको विज्ञप्ती जारी गर्दै जानकारी गराएको होे ।

परिमार्जित नियम अनुसार अझै पनि अत्यावसक कामबाहेक घर बाहिर ननिस्कन, मा निक्लीनु परि हाले मास्कको प्रयोग संगै सामाजीक दुरी कायम गर्न भनेको छ भने हाट बजार मेला महोत्सव पार्टि भोज लगायत भिडभाड हुने कुनै पनि कार्य नगर्न भनिएको हो ।
अत्यावश्यक सेवा बाहेकका कुनैपनि सरकारी कार्यालय, सार्वजनिक सस्थान, वीमा लगायतका कार्यालयहरुले सेवा प्रभाह नर्गन र न्युनतम कर्मचारी राखेर आन्तरिक कार्य मात्र गर्न भनिएको छ ।
कर्मचारीहरुले अत्यावश्यक सेवा संचालनका लागी आफ्नो परिचय पत्र बोकी आवतजावत गर्न पाउने भएका छन् ।
नया नियम अनुसार आद्यान्न, फलफुल, तरकारी, माछा मासु, दुध डेरी, पुस्तक, हार्डवेयर तथा निर्माण सामाग्री, इलेक्ट्रोनिक, टेलरिङ, प्लास्टिक तथा मेशिनरी पसर विहान ६ बजे देखि मध्यान्ह १२ बजे सम्म सुरक्षा मापदण्ड अपनाई खोल्न पाइनेछ । होटल तथा रेष्टुरेन्टहरुले होम डेलिबरी बाहेक अन्य सेवा दिन पाउने छैनन् ।
कृषि जन्य सामान ओसार पसार गर्न यातायातका साधनहरु ीवहान १० बजेबाट बेलुका ५ बजे सम्म संचालन गर्न पाउनेछन् । मोटर र्वक सपका हकमा विहान ११ बजेबाट साझ ४ बजे सम्म मात्र खोल्न पाउनेछन् । औषधी पसल तथा अत्यावश्यक सेवा संचालन गर्दा सुरक्षा मापदण्ड पुर्ण रुपमा पालना गर्दै पुरै संचालन गर्न पाउनेछन् ।
सिनेमा हल, पाटी प्यालेस, स्विमिङ पुल, मनोरन्जन स्थल, पार्क, सैलुन, ब्युटि पार्लर, जीम हल, समुहमा खेलिने खेलकुद, पुस्तकालय, चिडिया खाना तथा भिडभाड हुने कुनै पनि ब्यवसाय खोल्न पाईने छैन ।