बिहिवार, साउन ०५ गते ।

मकवानपुर । पाठकहरुको चाहना र रुचिलाई मध्यनजर राख्दै विभिन्न क्षेत्रका विषयवस्तुहरुलाई पस्कने प्रयास र प्रतिबद्धताका साथ परदेश अनलाइन डटकमको जन्म भएको छ । यो सुखद घडीमा हाम्रो टिम सम्पूर्ण पाठक वर्ग, विज्ञापनदाता, शुभचिन्तक लगायत सम्पूर्णमा खुशी साट्न चाहन्छ ।

परदेश अनलाइन डटकम आजकै मितिबाट सञ्चालनमा आएको एउटा विशुद्ध नेपाली भाषाको न्युज पोर्टल हो । यस अनलाइनलाई अस्मिता मिडिया प्रालिले सञ्चालनमा ल्याएको छ । हामी समाचार, विचार, मनोरञ्जन, खेल, सूचना, प्रविधि, भिडियो लगायत विविध सामग्रीहरू समेट्ने छौं । प्रकाशन गृहहरूको ध्यान छापा माध्यमबाट अहिले डिजिटल माध्यममा जाँदै छ । समयको यही प्रवाहलाई मध्यनजर गर्दै हामीले पनि डिजिटल अनलाइन प्लेटफर्म मार्फत हाम्रा सामाजिक सांस्कृतिक अभियान, ज्ञान उत्पादन र विचार निर्माण गर्दै हाम्रो आफ्नो छुट्टै पहिचान निर्माण गर्न सकिन्छ भन्ने सोचका साथ परदेश अनलाइन डटकम सुरु गरिएका छौं ।

परदेश अनलाइन डटकमले अब राष्ट्रिय राजनीति, मुलुकको अर्थ राजनीतिक प्रणाली, धर्मनिरपेक्षता, पहिचानका मुद्दा, सामाजिक सांस्कृतिक, समानुपातिक र समावेशीताको मुद्दालाई बहस र छलफल गर्दै अगाडि बढाइने छ । यसलाई अझ व्यापक र बृहत्तर बनाउँदै लैजाने हाम्रो सोच र प्रयास रहनेछ । हामीले सामान्य प्रविधि र ज्ञानका साथ यो अनलाइन सुरु गरिरहेका छौ । साथै हामी दिनदिनै डिजाइन र आउट लुकमा समय अनुकूल परिमार्जन हुँदै जाने कुरा पनि अवगत गराउन चाहान्छौ ।

डिजिटल अनलाइन प्लेटफर्ममा अहिले टेक्स सँगसँगै भिजुअल सामग्रीको आकर्षण बढ्दो छ । यसका लागि स्टुडियो, प्रविधि र दक्ष जनशक्ति आवश्यक पर्दछ । यसको तयारी र व्यवस्थापनका लागि पनि हाम्रो अनलाइन टिम हरेक पल लागिरहने छ । परदेश अनलाइन डटकम एउटा सञ्चार संस्था भएकोले यसको मूल धर्म सत्य, तथ्य सूचना सम्प्रेषण गर्नु हो । हाम्रो यो अनलाइन स्वयं हाम्रो प्रयासले मात्रै टिकाई राख्न सक्दैनौ । तसर्थ हाम्रो अनलाइनलाई अग्लो उचाइसम्म पुर्‍याउन धेरै सहयोगी हातहरूको आवस्यकता पर्ने छन् । यसका लागि हामीलाई निःशुल्क लेख रचना उपलब्ध गराएर केही समय भए पनि सहयोग गर्दिनु हुन सम्पूर्ण लेखक, राजनीतिज्ञ, विद्वान, बुद्धिजीवी र साहित्यकारहरुलाई हार्दिक अनुरोध गर्न चाहान्छौ । त्यसैगरी अनलाइनको सामग्री निर्माण र प्रकाशन/प्रसारणमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा धेरै शुभचिन्तकहरूको सहयोगको पनि आशा लिएका छौं । धन्यवाद ।
संचालक/कार्यकारी सम्पादक
अशोक गलान लामा