बिहीबार, साउन ०५ गते ।

मकवानपुर । पछिललो समय नेपालमा कोरोना संक्रमितहरुको संख्या फेरि बढ्न थालेका छन् । पछिल्लो २४ घण्टामा मुलुकभर एकै दिन थप ४३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ५६९ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ४३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १ हजार ६६७ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ३ सय १७ जना र १ हजार ९०२ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ११८ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २३ हजार ९७६ पुगेको छ ।

योसँगै नेपालमा सक्रिय कोरोना संक्रमितहरुको संख्या २५ सय नाघेको छ । मन्त्रालयका अनुसार हाल नेपालमा २ हजार ५३७ जना कोरोनाका सक्रिय संक्रमितहरु विभिन्न आइसोलेशनमा उपचाररत छन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप ५६ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ६८ हजार २२८ पुगेको छ ।