शुक्रबार, साउन ०६ गते ।

मकवानपुर । नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष विद्वान गुरुङले नेपाली कांग्रेस कैलालीका जनप्रतिनिधिहरुसँग भेटघाट गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाका पत्नी आरजु राणा देउवाको गृह जिल्ला समेत रहेको कैलालीकाको कैलारी गाउँपालिकाका जनप्रतिनिधिहरुसँग उहाँले भेट गर्नुभएको हो ।

उहाँले कैलारी गाउँपालिकाका निर्वाचित अध्यक्ष राज समझ चौधरी, नेपाल तरुण दल कैलालीका जिल्ला अध्यक्ष एवम् वडा अध्यक्ष दिपेन्द्र बम र कैलारी गाउँपालिका ९ का वडा अध्यक्ष खेमराज चौधरीसँग भेटघाट गर्नुभएको हो ।

उक्त भेटघाटमा अध्यक्ष गुरुङले नवनिर्वाचित गाउँपालिका प्रमुख र वडा अध्यक्षलाई खादा ओढाएर बधाई एवम् सम्मान दिनुका साथै सफल कार्यकालको लागि पनि शुभकामना व्यक्त गर्नुभएको छ । साथै जनताको भावनालाई ख्याल राख्दै जनताको हरेक सुख दुःखमा साथ दिएर कार्य गर्न पनि अध्यक्ष गुरुङले अनुरोध गर्नुभएको थियो ।