शनिबार, श्रावण ०७ गते ।

मकवानपुर । नेपाली काग्रेसको शुभेच्छुक संगठन नेपाल प्रेस युनियनको चुनाबी कार्यतालिका अनुसार आज बिहान ११ बजेबाट अपरान्ह ४ बजे सम्म मतदान हुँदै छ । हिजो उम्मेदवारी दर्ता गराएका दुइवटा प्यानका बिचमा आज मतदान हुने भएको हो । देशभरका ७७ जिल्लाबाट आएका एक हजार ६ सय ५० जना प्रतिनिधिहरुले आज मतदान गर्नेछन् ।

प्रेस युनियनको चुनाबमा संस्थापन शेरबहादुर देउवा पक्षबाट अनिता बिन्दु र संस्थापन इतर समुह शेयर कोइराला समुहबाट शिब लंसालको प्यालन चुनाबी प्रतिस्पर्धामा लागेको छ । यसैगरी अध्यक्ष पदमा भुवन भट्टले पनि उम्मेदवारी दिनु भएको छ । प्रेस युनियनको वरिष्ठ उपाध्यक्ष पदमा एक जना चाहिनेमा दुइ जनाले उम्मेदवारी दिनु भएको छ । बरिष्ठ उपाध्यक्षमा प्रेम केसी र सरोज अधिकारीले उम्मेदवारी दिनु भएको छ ।

यसैगरी उपाध्यक्ष खुल्ला दुइ वटा पदमा चार जनाको उम्मेदवारी परेको छ । उपाध्यक्ष खुल्लामा राममणि दाहाल, नकुल अर्याल, भिष्मराज ओझा र शेखर रेग्मीले उम्मेदवारी दिनु भएको छ । उपाध्यक्ष समावेसी पदमा भने संखुसोभाका दिपेन्द्र वान्तवा निबिरोध निर्वाचित हुनु भएको छ । यसैगरी ११ जना अरु उपाध्यक्षका लागि दुइ प्यानलबाट उम्मेदवारी दिएर प्रतिस्पर्धा हुने भएको छ । यसैगरी महासचिब पदमा जगन्नाथ दुलाल र दिलिप पौडेलका बिचमा प्रतिस्पर्धा हुँदै छ । अध्यक्ष देखि सदस्य सम्म दुइ प्यानलमा बिभाजित भएका छन् । खुल्ला रुपमा उम्मेदवारी दिनेहरु पनि त्यतीकै रहेका छन् ।