हेटौँडा क्याम्पसको अध्यक्षमा काँग्रेस नेता पराजुली ।

शनिबार, श्रावण ०७ गते ।
मकवानपुर । हेटौँडा क्याम्पसको चौधौँ क्याम्पस सभाले आनन्दराम पराजुलीको अध्यक्षतामा क्याम्पस ब्यवस्थापन समिति निर्माण गरेको छ ।
आज सम्पन्न सभाले उपाध्यक्षमा श्रीधर पोखरेल, कोषाध्यक्षमा नमुना पाण्डेलाई चयन गरेको हो । सदस्यहरुमा बद्रीनाथ शर्मा, पुरणबहादुर जोशी, प्रदिप कोइराला तथा कविर पन्तलाई चयन गरेको छ ।