१३१ किलो गाँजासहित रम्बा पक्राउ ।

आइतबार, श्रावण ०८ गते ।
मकवानपुर । मकवानपुर प्रहरीले ठुलो मात्रामा घरमा लुकाई राखेको लागूऔषध गाँजासहित एक जनालाई प्रकाउ गरेको छ ।
शनिवार साँझको ५ बजेको समयमा विशेष सुचनाको आधारमा प्रहरी चौकी नामटारबाट खटिएको प्रहरी टोलीले भीमफेदी ९ बस्ने खैवा रुम्वा भन्ने सोनम सिं रुम्वाको घरबाट गाँजा बरामद गरेको हो । रुम्वाले घरमा तयारी अवस्थामा लुकाई राखेको १३१ किलो लागूऔषध गाँजा फेला परेको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।
उनलाई हेटौडा १० स्थित बासपार्कबाट फेला पारी उक्त लागुऔषध गाँजासहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको मकवानपुर प्रहरीले जनाएको छ ।