बिहिवार, साउन १२ गते ।

मकवानपुर । प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य आरजु राणा देउवा र भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएका छन् ।

चौथाइवालेले राणासँग भारतको नयाँदिल्लीमा भेटवार्ता  भएको ट्विटरमार्फत उल्लेख गरेका छन् । साथै उनले ६ महिनापछि राणासँग भेट भएको भन्दै खुशी व्यक्त गरेका छन् । हाल आरजु स्वास्थ्य उपचारका क्रममा नयाँदिल्ली हुनुहुन्छ ।

दिल्लीको म्याक्स अस्पतालमा पाठेघरको शल्यक्रिया गराएर स्वास्थ्य लाभ गरिरहेकी राणालाई भेटेर चौथाइवालेले स्वास्थ्य लाभको कामना गरेका हुन् ।
यसअघि गत वर्ष चौथाइवाले नेपाल भ्रमणमा आएका बेला प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा राणाले उनलाई जनैपूर्णिमाको दिन राखी बाँधिदिएकी थिइन् ।