शनिबार, साउन १४ गते ।

मकवानपुर । नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पासहितको टोलिले नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष विद्वान गुरुङलाई भेटेका छन् । उक्त भेटघाटमा विद्यार्थी संघ र नेपाल तरुण दलका अध्यक्षबीच संगठनलाई कसरी बिस्तार गर्ने भन्ने बिषयमा गहन छलफल भएको हो ।

दुवै संगठन पार्टीको मेरुदण्डको रुपमा रहेको र संगठनलाई बलियो बनाउन पर्नेमा अध्यक्षबीच गम्भीर रुपमा छलफल भएको थियो । भेटघाटको क्रममा तरुण दल अध्यक्ष गुरुङले युवाहरु पछिल्लो समयमा पार्टीहरु प्रती नै असन्तुष्टि हुँदै गएको बताउदै स्वतन्त्र उम्मेदवारहरुको हावी भएको जानकारी गराउनु भएको थियो । साथै यस्तो अवस्थामा पार्टीले भातृ संगठनको मनोवल उच्च बनाउनु पर्ने उहाँले बताउनु भयो ।
भेटमा अध्यक्षहरु बीच संगठन बिस्तारमा आफ्नो-आफ्नो आन्तरिक तयारीबारे छ्लफल भएको तरुण दलका अध्यक्ष गुरुङको सचिवालयले जनाएको छ ।