शनिबार, श्रावण १४ गते ।

मकवानपुर । मनहरी पुस्तकालयले शनिबार बिभिन्न ब्यक्तिहरुलाई सम्मान गरेको छ । पुस्तकालयमा पुस्तकहरु सहयोग गर्ने ब्यक्ति तथा संघ सस्थालाई पुस्तकालयको प्रथम वार्षिकोत्सवको अवसरमा शनिबार एक बृहत कार्यक्रमको आयोजना गरि सम्मान गरिएको हो ।

कार्यक्रम बागमती प्रदेससभा सदस्य सांसद ओम बहादुर ग्लानको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा मनहरी गाउँपालिकाका उपाध्यक्ष सीता पुलामी मगर घलान (रेखा) राक्सिाराङ्ग गाउँपालिका उपाध्यक्ष बनस्तम थिङ, मनहरी गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष दिपेन्द अधिकारी लगाएत बिभिन्न ब्यक्तिहरुको उपस्थीत रहेको थियो । साथै उक्त कार्यक्रम पुस्तकालयका अध्यक्ष इन्द्रमणि स्याङ्तानको सभाध्यक्षतामा सम्पन्न भएको हो ।