आइतबार, श्रावण १५ गते ।

मकवानपुर । साफ २० वर्ष मुनिको च्याम्पियनसिप फुटबल अन्तर्गत आज आइतबार नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ ।
महत्वपूर्ण मानिएको यो खेल भारतको भुवनेश्वरस्थित कालिङ्गा रङ्गशालामा हुनेछन् । खेल आइतबार साँझ सवा सात बजेबाट सुरु हुनेछ ।
भारत प्रतियोगिताको साविक विजेता हो भने नेपाल प्रतियोगिताको सबैभन्दा सफल टोली हो । त्यसैले आजको खेल निकै रोमाञ्चक मानिएको छ ।