ति नयनभरी आँशुहरु, नभर्नु होला ।
आश गर्नु होला तर, भर नपर्नु होला ।।

खरको छानो फेर्छु भनेरै, परदेश पसेको छु,
बकासमा फर्किए भने, माफ गर्नु होला ।

आश गर्नु होला तर, भर नपर्नु होला,
ती नयनभरी आँशुहरु, नभर्नु होला ।।
रचनाकार : अशोक लामा (राक्सिराङ्ग)