फाईल तस्बिर ।

बिहिवार, श्रावण १९ गते ।

मकवानपुर । पछिल्लो केहि दिन यता देखि मनहरी गाउँपालिकाको रमौली र प्रतापपुर क्षेत्रमा पाटेबाघ देखिएकाले सबैलाई सर्तकता अपनाउन आग्रह गरिएको छ । मनहरी उपभोक्ता समितीले एक सुचना जारी गर्दै मनहरी गाउँपालिका ६ र ७ स्थित प्रतापपुर रमौली क्षेत्रमा पाटे बाघको निरन्तर देखिरहेकाले जंगल क्षेत्रमा एक्लै नजान आग्रह गरिएको छ ।

रमौली प्रतापपुरको केहि क्षेत्रमा घना काँस घारी रहेकोले उक्त क्षेत्रमा जाँदा सचेत अपनाउन आग्रह गरिएको हो । त्यसै गरि रमौली प्रतापपुरको ड्याग क्षेत्रमा बिहान पख गरिने मर्निङ वर्क तथा हिंडडुल नर्गन समेत आग्रह गरिएको छ । साथै ड्यागबाट गाउँतिर जाने बाटोहरुमा सचेत रहि केही जानकारी भए उपभोक्ता समितीमा जानकारी गराउन अनुरोध गरेका छन् । क्यामेरालेट्रयापिङ्ग गरि बाघको पहिचान गरेर बाघलाई सुरक्षित स्थानमा स्थानतरण गरि मानविय तथा अन्यको क्षति हुन नदिन समिति निरन्तर निगरानीमा राखिरहेको मनहरी उपभोक्ता समितिका सचिव कमल राईले बताए ।