बिहिवार, श्रावण १९ गते ।

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरका पार्टी सचिव एवम् नेपाल तरुण दलका जिल्ला अध्यक्ष ईश्वर पाठकले राति १२ बजेसम्म हेटौंडामा व्यापार व्यवसाय सञ्चालन गर्न पाउनु पर्ने बताएका छन् । बागमती प्रदेशको राजधानी समेत रहेको सुन्दर नगरी हेटौंडामा पर्यटन व्यवसायलाई फस्टाउँन सरोकारवाला निकायले चासो दिन नसकेको उनको भनाई छ ।

हामी राजधानी भन्छौं तर राति ९ बजे बजार सुनसान हुन्छ । रातको ९ बजेपछि व्यापार व्यवसाय सञ्चालन गर्न प्रहरी नै बाधक बन्ने गरेको व्यवसायीको गुनासो रहेको बेला सचिव पाठकले राति १२ बजेसम्म व्यापार व्यवसाय गर्न पाउनु पर्ने बताएका हुन् । बागमती प्रदेशको राजधानी हेटौंडामा आन्तरिक तथा बाह्य पर्यटकको पनि भ्रमण गन्तव्य रहेको बेला ९ बजे नै बजार बन्द हुँदा समस्या हुने गरेको छ ।

हेटौंडामा भारतीय पर्यटकको आगमनमा बढिरहेको र हेटौंडामा रातको समयमा बजार बन्द हुँदा निक्कै समस्या भोग्नु परेको गुनासो आउने गरेको छ । हेटौंडा केन्द्रिय राजधानीको पनि राजधानी रहेका कारण हेटौंडालाई पर्यटनको हब बनाउन सकिने भन्दै पाठकले बजार राति १२ बजेसम्म खोल्न पाउनु पर्ने भन्दै ध्यानाकर्षण गराएका हुन् । कोरोनाले थलिएको व्यापार व्यवसाय केही हदसम्म सुधारतिर जाँदै गर्दा राति ९ बजे नै व्यवसाय बन्द गर्नु पर्ने अवस्थाले व्यापार व्यवसाय फस्टाउन नसकेको व्यवसायीको भनाई रहेको छ ।

हेटौंडाको केही रेष्टोरेन्ट व्यवसाय राति केही समय ढिला सम्म सञ्चालन गर्दा प्रहरीले अनाहकमा दुःख दिने गरेको गुनासो समेत आउने गरेको सचिव पाठकले बताए । सुरक्षा मापदण्ड अपनाएर व्यवसायीले निर्वाध राति १२ बजे सम्म व्यवसाय सञ्चालन गर्न पाउनु पर्ने भन्दै नेपाली कांगे्रस मकवानपुरका सचिव इश्वर पाठकले सरोकारवाला निकाय सबैको ध्यानाकर्षण गराउनु भएको हो । यो खबर नेपाल कलम अनलाइनमा छापिएको छ ।