बिहीबार, साउन १९ गते ।

मकवानपुर । विकट राक्सिराङ्ग ४ मकवानपुरका मोडल उत्तम लामा ब्लोन अभिनित पहिलो म्युजिक भिडियो ‘थाहै नपाई’ सार्वजनिक भएको छ । राक्सिराङ्ग गाउँपालिका स्थायी निवासी लामाको ‘थाहै नपाई’ बुधबार हाइलाइट्स म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

उक्त म्युजिक भिडियोमा उनीसँगै कृष केसी, सेलिकमान राई, सजिना राई, अन्जिला राई र शिशिर परियार लगायतका कलाकारहरुको पनि अभिनय देख्न सकिन्छ । विकट राक्सिराङ्गमा जन्मेर पनि केही समयदेखि टिकटकमा निक्कै सक्रिय लामा अभिनयमा पनि रुचि राख्थे । टिकटकमा लगाव बढेसँगै म्युजिक भिडियोमा पनि उनको आकर्षण बढेको हो ।

टिकटक हुँदै म्युजिक भिडियोमा लागेका लामाले आफ्नो पहिलो प्रयासलाई दर्शक श्रोताले माया गर्ने विश्वास रहेको बताए । म्युजिक भिडियो हेरिसकेपछि दर्शक श्रोताको प्रतिक्रियासँगै सुझावको समेत अपेक्षा राखेका छन् ।
चन्द्रकला राईको शब्द, सँगीत र स्वरमा सजिएको उक्त  म्युजिक भिडियोमा प्रवेश राई निर्देशकको भुमिकामा रहेका छन् । भिडियोको छायाँकन र सम्पादन पनि प्रवेश राईले नै गरेका छन् । म्युजिक भिडियोमा उत्तम र कृषको कथा रहेको छ ।
हेर्नहोस् म्युजिक भिडियो–