शुक्रबार, साउन २० गते ।

मकवानपुर । चर्चित गायिका मेलिना राईले इन्गेजमेन्ट तोडेकी छन् । उनले सामाजिक सञ्जालमार्फत प्रेमी संजीव बराइलीसँग इन्गेजमेन्ट तोडेको जानकारी दिएकी हुन् ।
संजीव र मेलिनाले दुई वर्ष अगाडि नै इन्गेजमेन्ट गरेका थिए । नयाँ वर्षको अवसर पारेर मेलिनाले सामाजिक सञ्जालमार्फत इन्गेजमेन्ट गरेको जानकारी दिएकी थिइन् ।

गायिका मेलिनाले वैचारिक पक्षमा मतभेत आउन थालेपछि इन्गेजमेन्ट ताेड्ने निर्णय गरेकाे बताएकी छन् ।
‘केही समयअगाडि मैले आफ्नो इन्गेजमेन्ट गरेको कुरा यसै सामाजिक सञ्जालमार्फत घोषणा गरेको थिएँ । त्यो मेरो जीवनको एउटा गम्भीर निर्णय थियो । एउटा परिस्थितिमा हामी दुईबीच भविष्यमा सँगै जीवन बिताउने सोचसहित त्यो निर्णय गरिएको थियो । समय छोटै भए पनि जिन्दगीको बारेमा लामो विमर्श भयो । हामीबीच वैचारिक पक्षमा स्पष्ट मतभेत देखिन थाल्यो अर्थात हाम्रो विचारमा मेल खान सकेन । धेरै समीक्षा आत्मा समीक्षापछि कमजोर साधन चढेर बलियो साध्य चुम्न धेरै कठिन हुन्छ भन्ने निष्कर्षमा पुगियो,’ उनले लेखेकी छन् ।

उनले हरेक सम्बन्धहरू बाध्यकारी नहुने बताउँदै लेखेकी छन्, ‘फेरि सबै इन्गेजमेन्टहरू विवाहमा परिणत हुनै पर्छ भन्ने बाध्यकारी कुरा पनि नहुने रहेछ । त्यसैले आजकै मितिबाट हामीबीचको इन्गेजमेन्ट तोडिएको कुरा म  फेरि यही सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दछु । यो बीचमा सम्पूर्ण शुभचिन्तकहरूमा पर्न गएको भावनात्मक असरप्रति क्षमाप्राथी छु, साथै भविष्यमा अझ मेहनत गरेर सांगीतिक क्षेत्रबाटै देशको सेवा गरिरहने प्रतिवद्धता पनि व्यक्त गर्दछु ।’
सञ्जिव नेपालका सर्वाधिक चर्चित र व्यस्त गिटारिस्ट तथा कम्पोजर हुन् । बिर्तामोड घर भएका सञ्जिव लामो समयदेखि काठमाडौंमा बस्दै आएका छन् ।