भिमफेदीको जोडी झर्नामा पर्यटकको घुईचो, डस्टबिन नहुदा फोहोर छरपस्ट ।

✍️ भुवन घलान
आइतबार, साउन २२ गते ।
मकवानपुर । मकवानपुरको एक झर्नामा आन्तरिक तथा वाह्य पर्यटकको घुईचो बढ्न थालेको छ । भिमफेदी गाउँपालिका वडा नम्बर १ मा रहेको जोडी झर्नामा पर्यटकको घुईचो बढ्न थालेको हो ।
झर्ना अवलोकनमा अन्य जिल्ला र भारतको बिहारबाट समेत पर्यटक आउने गरेको जोडि झर्ना संरक्षण समितिले जनाएको छ । शनिबार अथवा बिदाको दिन प्रायः दिनभरमा १ हजार बढी पर्यटकको आवगमन हुने गरेको समितिको दाबी छ ।
त्यस्तै अन्य दिन ५ सय बढी पर्यटकको आवगमन हुने गरेको छ । झर्नामा पर्यटकहरु फोटो तथा भिडीयो लिन व्यस्त हुन्छन् । गर्मी छल्न आएका केही पर्यटकहरु झर्नामा रुझेर आनन्द लिन्छन् । डस्टबिन अभावका कारण पर्यटकले झर्ना परिसरमा प्लास्टिक, बोटल तथा अन्य फोहोर अन्यत्र फ्याक्ने गरेको देखिएको छ ।
साथै फोहोर व्यवस्थापनमा डस्टबिन थप्ने तयारी रहेको समितिले जनाएको छ । पर्यटकको सहजताको लागी टस, शौचालय र कपडा परिवर्तन गर्ने कोठा समेत बनाउने तयारी रहेको समितिले जनाएको छ ।
