आइतबार, साउन २२ गते ।

मकवानपुर । नेपाल तरुण दलको केन्द्रिय कार्यलयलाई आवस्यक सामाग्री हस्तान्तरण गरिएको छ । काठमाडौं बासी बेलायत स्तिथ Aston University का प्रोफेसर आदरणीय डा. कोमल अर्यालले उक्त सामाग्री सहयोग गरेका हुन् ।

नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष विद्वान गुरुङलाई आज एक कार्यक्रमका बीच तरुण दलको कार्यलय रवि भवनमा ल्यापटप १ थान, डेस्क्टप १ थान, हार्ड डिस्क १ थान, प्रीन्टर १ थान र किबोर्ड १ थान गरि सहयोग सामाग्री हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमलाई काठमाडौं महानगरपालिका वडा १० का मोना अर्याल, काठमाडौं महानगरपालिका वडा ३१ का प्रमोद शर्मा, गोदावरी नगरपालिका वडा १ का शान्त भण्डारीले सहजिकरणको भुमिका निर्वाह गरेका थिए ।

साथै नेपाल तरुण दलका नेता कपिल पोख्रेल, कार्यालय सचिव आशिष राना, नेपाल तरुण दलका मुख्यसचिव ठान प्रसाद पोखरेल लगायत अन्य नेतगणहरुको समेत उपस्थिति रहेको थियो ।