आइतबार, श्रावण २२ गते ।

मकवानपुर । मनहरी गाउँपालिका वडा १ का वडा अध्यक्ष शिवप्रसाद खनाल कक्षा ११ मा भर्ना भएका छन् । दोस्रो कार्यकालको लागि निर्वाचित वडा अध्यक्ष खनाल आईतवार वडामै रहेको श्री बाल जिवन ज्योति माविमा शिक्षा संकायतर्फ कक्षा ११ मा भर्ना भएका हुन् ।

औपचारीक शिक्षामा एसएलसी उत्तीर्ण खनाल ३१ वर्षपछी उच्च शिक्षा अध्ययन गर्न लागेका हुन् । उनले २०४८ सालमा सिद्देश्वर संस्कृत विद्यालय कलैयाबाट द्धितिय श्रेणीमा एसएलसी उत्तीण गरेका थिए ।

उमेरले ५१ वर्ष पार गरिसकेका खनाल सोहि विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष समेत हुन् । साथै खनाल नेपाली काँग्रेसबाट निर्वाचित वडा अध्यक्ष हुन् । पढ्ने चाहनालाई उमेरले रोक्दैन भन्दै खनालले कक्षा ११ मा भर्ना गरेको बताए ।

राजनिति गरेर समाज सुधार गर्नको लागि शिक्षा नै सबैभन्दा आवश्यक रहेकोले आफूले विद्यालयमा भर्ना गरेको बताए । ‘पढ्ने चाहनलाई उमेरले नरोक्दो रहेछ त्यसैले कक्षा ११ मा भर्ना गरेको उनले बताए ।