सोमवार, साउन २३ गते ।

मकवानपुर । पर्वत जिल्ला जलजला गाउँपालिका वडा ७ धाईरिङ धारापानीमा विद्युत सट हुँदा १ जनाको मृत्यु भएको छ । आज सोमबार भएको उक्त घटनामा २ जना सशक्त घाइते छन् भने अन्यको अवस्था सामान्य रहेको छ ।

साथै उक्त घटनामा परि दर्जनौं पशु चौपाया पनि मरेका छन् । आज भएको सो घटनालाई लिएर नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष विद्वान गुरुङले मृतकप्रती श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । अध्यक्ष गुरुङले गहिरो दु:ख व्यक्त गर्दै मृतक परिवारप्रति शोक प्रकट गरेका छन् ।

अध्यक्ष गुरुङले बिद्युत बितरण शाखा कार्यालयबाट त्यस स्थानमा तत्काल के कति कारणले बिद्युत सट भएको हो त्यसको पुर्ण छानविन गरि पिडित र घाईतेलाई उचित क्षतिपुर्तिको ब्यवस्था मिलाउन समेत सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।