तस्बिर : नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष गुरुङको प्रेस सल्लाहकार दिपेन्द्र पोख्रेल ।

मंगलबार, साउन २४ गते ।

मकवानपुर । नेपाल तरुण दल सिन्धुपाल्चोकका कार्यवाहक अध्यक्षको जिम्मेवारी पाउनु भएका सन्जय लामा र नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष विद्वान गुरुङबिच आज भेटवार्ता भएको छ । उक्त भेटघाटमा अध्यक्ष लामालाई  केन्द्रिय अध्यक्ष गुरुङले खादा ओढाएर बधाई दिदै सफल कार्यकालको लागि शुभकामना व्यक्त गरेका थिए ।

साथै भेटघाटमा तरुण दलको गौरव र मान प्रतिष्ठालाई संस्थागत गर्न सशक्त ढङ्गबाट अगाडि बढ्न गुरुङले लामालाई निर्देशन पनि दिएका छन् । आजको उक्त भेटघाटमा सिन्धुपाल्चोक जिल्ला नेपाल तरुण दलका निवर्तमान अध्यक्ष दोर्जे लामा, महाधिवेशन प्रतिनिधि नवाव कर्मा लगायत अन्य तरुण कार्यकर्ता र नेताहरुको बाक्लो उपस्थिति रहेको थियो ।