राक्सिराङ्गको चेपाङको घरमा आगलागी ।

मंगलबार, श्रावण २४ गते ।
मकवानपुर । राक्सिराङ्ग गाँउपालिकामा रहेको एक घरमा आगलागी भएको छ । सोमबार एक्कासी आगलागि हुदाँ राक्सिराङ्ग गाउँपालिका वडा ८ निवासी कृष्णबहादुर प्रजा चेपाङको घर जलेर नष्ट भएको हो ।
आगलागीमा पारी मकै, कोदो, सोलार, लत्ताकपडा, कुखुरा र नगद रु १५ हजार गरि करिबकरिब तीन लाख बराबरको क्षति भएको पिडीत चेपाङले बताए । हाल चेपाङको परिवार स्थानियको घरमा आश्रय लिएर बसिरहेका छन । घरमा भएको अन्न सबै जलेर नष्ट भएपछि बिहान बेलुकाको छाक टार्न समेत पीडित परिवारलाई समस्या भईरहेको छ । साथै हालसम्म पीडित परिवारलाई कतैबाट पनि केही सहयोग नभएको गुनासो छ ।
यो पनि पढनुहोस:
एमालेको लालकिल्ला तोड्दै मनहरीमा ‘नायक’ बनेका बर्तौलाले तितुङलाई कांग्रेस प्रवेश गराए ।
तरुण दलका अध्यक्ष गुरुङ र विद्यार्थी संघका अध्यक्ष शेर्पाबिच भेटघाट सम्पन्न ।
संगीता कार्कीले ल्याईन् 'धागो-सम्बन्धको' (भिडियो सहित) ।
हेटौंडा/काठमाण्डौं ओहोर दोहोर गर्ने कान्ति लोकपथ आज देखि चैत १० गतेसम्म बन्द हुने ।