बुधबार, साउन २५ गते ।

मकवानपुर । मकवानपुरको १० स्थानीय तह मध्ये राक्सिराङ्ग गाउँपालीका जिल्लाकै प्रथम भएको छ । बुधबार जिल्ला समन्वय समिती मकवानपुरको आठौँ सभाको अवसरमा राक्सिराङ्ग गाउँपालीका प्रथम भएको घोषणा भएको हो ।

जिल्ला समन्वय समितीको आन्तरिक मुल्याङ्कनको आधारमा प्रत्येक वर्ष जिल्लाका ३ स्थानीय तहलाई प्रथम, दृत्तिय र तृत्तिय घोषणा गरिन्छ । सोहि मुल्याङ्कन अनुसार राक्सिराङ्ग गाउँपालीका जिल्लाकै प्रथम हुन सफल भएको हो ।

साथै ईन्द्रसरोवर गाउँपालीका दोस्रो र बागमती गाउँपालीका तेस्रो भएको छ । आज आठौँ जिल्ला सभाको अवसरमा पहिलो, दोस्रो र तेस्रो हुन सफल तिनै गाउँपालीकालाई समितीले प्रमाणपपत्र सहित खादा ओढाएर सम्मान गरेका थिए ।

उक्त कार्यक्रमलाई बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले पानसमा बत्ति बालेर उद्घाटन गरेका थिए भने जिल्ला समन्वय समितीका उपप्रमुख सानुकाजी लुईटेलले समितीको निती तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।