बिहिवार, श्रावण २६ गते ।

मकवानपुर । हेटौंडा मकवानपुरमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको तस्बिर सहितको ब्यानर च्यातिएको छ । रोयल पार्टी प्यालेसमा भोलि हुने बागमती प्रदेश भेलाको प्रचारको लागि हेटौंडाको बुद्धचोक, सिमा चोक लगायतका क्षेत्रमा टाँगीएको ब्यानर आज च्यातिएको हो ।

बुधबार साँझ कार्यक्रम प्रचारको लागि भन्दै राखिएको ब्यानर आज बिहान च्यातिएको अवस्थामा भेटिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले ब्यानर च्यातिएको विषयमा आफुहरुलाई थाहा नभएको जानकारी गराएको छ । साथै उक्त क्षेत्रमा सिसिटिभी क्यामारा समेत रहेको जानकारी गराउदै आवश्यक परे सिसिटिभी हेरेर बास्तबिकता के रहेछ बुझ्ने बताए ।