शुक्रबार, श्रावण २७ गते ।

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने हेटौंडामा गर्जेर गएका छन् । लामिछानेले प्रदेश संरचनालाई व्यवस्थित तरिकाले सञ्चालन गर्नु पर्ने पनि बताए । हेटौंडा आयोजित बागमती प्रदेश भेलालाई सम्बोधन गर्दै लामिछानेले प्रदेश सरकारलाई आफ्नो कार्यकर्ता पोस्ने स्थान बनाएको बताए ।

लामिछानेले बागमती प्रदेशका १८ जना मन्त्रीलाई साँढेको दर्जा दिएका छन् । उनले बागमती प्रदेशको उदाहरण दिदै लामिछानेले ‘यो प्रदेशलाई १८–१८ जना साँढे भन्छु म, माफ गुर्नहोला मेरो शब्दलाई, १८–१८ जना साँढे किन चाहिन्छ ?,’ उनले भने,‘यदि यसलाई सहि ढंगबाट चलाउन सकेको भए, चुस्त दुरुस्त तरिकाले चलाउन सकेको भए, यसलाई खर्च कम हुने र नागरिकसम्म पुग्न सकेको भए । एउटा अर्को तह हुन सक्थ्यो ।’

साथै जनतालाई विभिन्न झुटा आश्वासन देखाएर जनताको पसिनाको पैसा उठाएर खानेहरुको खाता खोलेर हिसाब गर्नुपर्ने दिन आएको बताए । मकवानपुरमा सुरुङ मार्गको झुटा आश्वासन देखाएर पैसा खानेहरु र उद्योग कलकारकाखा बन्द गर्नेहरुका खाता खोलेर हिसाब निकाल्ने दिन आएको बताएका छन् । उनले राम्रो कपडा बन्ने हेटौंडा कपडा उद्योग कसले बन्द गर्‍यो भन्ने प्रश्न गर्दै त्यसको हिसाब खोज्नु पर्ने बताए ।

‘हेटौंडा कपडा उद्योग जहाँ ११ सय भन्दा बढी मानिसहरुले रोजगारी गर्थे, तिनका परिवार आम्दानी गर्थे, परिवार चलेको थियो । उनले भने, आफुले बनाउनु त कहाँ हो कहाँ अर्काले बनाईदिएको उद्योग पनि चलाउन नसकेर बन्द गरिदिए । त्यसको हिसाब खोज्न म हेटौंडामा उभिएको छु ।’ हेटौंडा सिमेन्ट उद्योग पनि घाटामा गईरहेको सुनाउदै बन्द हुने अवस्थामा पुगेको बताए । उनले हेटौंडामै भएको निजि सिमिन्ट उद्योगहरु नाफामा जाने र सरकारी उद्योग भने महिनामै करोडौ घाटामा जानुपर्ने कारण के के हो खोजि गर्नुपर्ने र हिसाब गर्नुपर्ने बताए ।

यसैगरि,सभापति लामिछानेले बागमती प्रदेशमा एउटै प्रदेशमा १८ जना के का लागि भन्दै प्रश्न समेत गरे । उनले प्रदेश सरकार राजनीतिक दलका आफ्ना र कार्यकर्ता भर्ती केन्द्र मात्र भएको काम भने केहि अघि बढ्न नसकेको बताउँदै सोच्नु पर्ने अवस्था आएको बताए । साथै उनले मंसिर ४ गते हुने निर्वाचनमा आफ्नो पार्टीलाई जिताएर सरकारमा पुर्‍याउन अनुरोध समेत गरे । सहि नेतृत्व चुन्न सके मात्र देश परिवर्तन गर्न सक्ने लामिछानेको भनाई छ ।