✍️ भुवन घलान,

शुक्रबार, साउन २७ गते ।

मकवानपुर । बागमति प्रदेशको राजधानी हेटौंडामा ‘हेटौंडा डेन्टल होम’ सञ्चालनमा आएको छ । हेटौंडा–४ स्कुलरोड लिंकेज एकेडेमी नजिकै शुक्रबार एक समारोह बिच डेण्टलको उद्घाटन भएको हो ।

उक्त उद्घाटन समारोहका प्रमुख अतिथि रहेका जिसस मकवानपुर अध्यक्ष ललित बहादुर घलानले रिबन काटेर डेण्टलको उद्घाटन गरेका थिए । उनले कार्यक्रममा बोल्दै व्यवसाय सफलताको शुभकामनासंगै डेण्टलले आफ्नो धर्म निभाउन समेत सुझाव दिए । डेण्टलले उद्घाटन पश्चात एक महिनासम्म परामर्श तथा दन्त जाँच सेवा निःशुल्क उपलब्ध गराउने सञ्चालक रोशन चौधरीले बताए । साथै डेण्टलमा उपलब्ध प्रत्येक सेवामा २५ प्रतिशतसम्म छुट दिइने पनि उनले बताए ।