अन्तर्राष्ट्रिय युवा दिवसमा तरुण अध्यक्ष गुरुङको आह्वान–सबै युवा देशको समृद्धिमा लागौँ ।

शुक्रबार, साउन २७ गते ।
मकवानपुर । नेपाल तरुण दलले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा देश–विदेशमा रहेका युवाहरुलाई शुभकामना व्यक्त गरेको छ । तरुण दलका अध्यक्ष विद्वान गुरुङले शुक्रबार वक्तव्य जारी गरेर नेपाललाई आर्थिक विकास र समृद्धि पथमा लैजाने जिम्मेवारी युवाको रहेको बताएका छन् ।
उनले भनेका छन्, ‘युवाहरुको सहभागिता र संलग्नता बेगर भएको संसारको कुनै पनि परिवर्तनले संस्थागत रुप लिई दीगो हुन सकेको छैन ।
संविधान र लोकतन्त्रको संरक्षण गर्दै नेपालको आर्थिक विकास र समृद्धि पथमा मुलुकलाई अगाडि बढाउन नेपाली कांग्रेसको काँधमा आईपरेको जिम्मेवारीलाई सहर्ष पूरा गर्न नेपाल तरुण दल युवाहरुलाई एउटै एजेण्डामा एकाकार हुन आह्वान गर्दछ ।’
ज्ञान, सिप, क्षमता, चेतना र विवेकको समयमा नै प्रयोग गरि समस्याहरुसँग जुध्न सक्ने क्षमता भएका युवाहरु नै देशको उन्नतीका लागि लाग्नु पर्ने वक्तव्यमा उल्लेख छ ।
हेरौँ शुभकामना सन्देश :
