शनिबार, श्रावण २८ गते ।

मकवानपुर । रवि लामिछाने नेतृत्वको पार्टी राष्ट्रिय स्वतन्त्र पनेपालको मकवानपुर सभापतिमा राजकुमार न्यौपाने चयन भएका छन् । शुक्रबार हेटौँडामा भएको बागमती प्रदेश भेलाले न्यौपानेलाई सभापतिमा चयन गरेको हो । सचिवमा रामचन्द्र आचार्यलाई चयन गरेका छन् ।

न्यौपाने नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य तथा मकवानपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष समेत हुन् । साथै उक्त भेलाले हेटौँडा उपमहानगरपालिकाको सभापतिमा भने सन्तोष न्यौपानेलाई चयन गरेको छ । भ्रष्ट्राचारमुक्त समाज स्थापनाको लागि आफुहरु राजनीतिमा होमिएको उनिहरुको भनाई छ ।