काठमाडौं : गाडीले बाख्रा मारेको निउमा स्थानीयले फाेहाेरकाे गाडीलाई अबरोध ।

आइतबार, साउन २९ गते ।
मकवानपुर । आज बिहान काठमाडौँबाट फोहोर बोकेर बन्चरेडाँडा गएका गाडीहरू फेरि रोकिएका छन् ।
फाेहाेरकाे गाडीले बाख्रा मारिदिएकाे भन्दै तारकेश्वर नगरपालिकाकाे तीनपिपलेका स्थानीयवासीले अवराेध गरेपछि गाडीहरू राेकिएका हुन् ।
मेयर बालेन शाहले स्थानीयकाे कुनै अवरोध नभएमा आजदेखि ३५० गाडी फोहोर बोकेर बञ्चरेडाँडा पुग्ने बताएका थिए ।
उनका अनुसार यसअघि शनिबार बेलुकी १५२ वटा गाडी फोहोर बोकेर बञ्चरेडाँडा पुगिसकेका छन् ।