सोमबार, साउन ३० गते ।

प्रिय बालेन,

सुनेको थिए नेपालको राजनीति फोहोरी छ । हरेक टोल अनि चिया पसलमा युवापुस्ता यस्तै चर्चा गर्थे। तर जब तिम्रो उदय भयो लाग्यो राजनीतिको फोहोर सफा गर्ने एउटा युवा जन्मियो र र अव अन्य धेरै युवाको उदय राजनीतिमा हुनेछ । तिमीले राजधानी रोज्यौ जो बर्षौ देखि अनेक कुरामा जेलिएको छ । ती सवलाई फाल्दै राजनीतिको मुहार फेर्ने तिम्रा सपना र योजना कति थिए । तर खास त राजनीति फोहोरी हैन राजधानीमा त फोहोरमा पो राजनीति रहेछ । योजना कति मिठा बनायौ अनि कार्यन्वयनका सपना पनि । तर फोहोरमा राजनीति गर्न पल्किएकाले त्यसै कंहा कार्यन्वयन गर्न दिन्थे र ।  हुनपनि बर्षौ देखि यहि फोहोरमा राजनीति गर्न पल्किएकालाई तिमीले फोहोर नै व्यवस्थापन गर्दिन्छु भनेपछि कहा दिन्थे र काम गर्न । उता धरानमा हर्कले प्यासी धराने जनतालाई पानी दिने योजना बनाए आफै खटिए अनि पानी पुर्‍याए । राजनीतिको जालो उता पानीमा थियो यता फोहोरमा । 

बालेन साच्चै राजनीति फोहोरी हैन फोहोरमा रहेछ ।  तिम्रा योजना कार्यन्वयन भएन भने फेरी युवाको जोश गल्नेछ । राजनीति प्रतिको विश्वास उड्नेछ । स्वतन्त्र बनेर सेवा गर्न हिडेका तिम्रा पाइला थाकेका दिन युवाहरुले देशमा सपना देख्न छाड्नेछन् । तिमीलाई महिनौबाट राजधानीबासीले पनि साथ दिएका छन् ।

तर घरभित्र फोहोर राख्ने अवस्था अव भने रहेन ।  थुप्रिएका फोहोरका डङ्गुर (घरभित्र होस् वा बाहिर) सधै जिस्काउछ तेरो स्वतन्त्रले त खै के गर्‍यो । म नाजवाफ हुन्छु । पर्ख अनि हेर भन्छु तर पनि फोहोरले जिस्काउछ अव त कति घर भित्र थुनेर राख्छस् भनेर । 
म मेरो घरका फोहोरलाई घर भित्र थुनेर राख्न नसक्ने अवस्थामा पुगिसके । मलाई जिस्काईरहेको फोहोरलाई कहिलेसम्म थुनेर राख्न सकौला कोसिस गर्दैछु । यो सफाई कर्मचारी पनि महिना महिना पैसा मात्र उठाउन आउने भए फोहोर उठाउन नआउने भए। फोहोरको राजनीतिबाट चाडै पार पाएस । यति मात्र कामना गर्न सके ।
✍️ मदन रिजाल