मंगलबार, साउन ३१ गते ।

मकवानपुर । बुटवलको फूलबारीचोकमा रहेको कारीकोट होटलको कोठामा एक महिला र एक पुरुष मृत फेला परेका छन् । होटलको कोठामा रक्ताम्य अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक सन्तोष घिमिरेका अनुसार धादिङ्ग  कुमपुर-५ घर भएका अन्दाजी ३५/३६ वर्ष उमेरका सिताराम भुजेल र थर–ठेगाना स्पष्ट नखुलेकी अन्दाजी २५ वर्षीया युवती मृत फेला परेका हुन् ।

युवतीको नाम पुष्पा भनिए पनि थर र घरको पूरा ठेगाना खुल्न नसकेको प्रहरीको भनाई छ । उनको घर दाङ्ग रहेको बताइएको छ । मृतक महिलाका श्रीमान विदेशतिर रहेको र एक डेढ महिनादेखि हराएको भन्ने खुलेको छ ।
प्रहरी निरीक्षक घिमिरेका अनुसार युवती पलङ्गमा उत्तानो परेको अवस्थामा मृत फेला परेकी छन् भने युवक कोठाको पंखामा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

तन्ना र टावेलमा रगत पोतिएको देखिँदा युवतीको हत्या गरी आफूले आत्माहत्या गरेको हुन सक्ने प्रहरी निरीक्षक घिमिरेले बताए । उनका अनुसार उनीहरु आइतबार राती त्यही होटलमा बस्न आएका थिए ।