मकवानपुर काँग्रेस नेता पराजुली क्षेत्र नं.२(ख) बाट निर्वाचन लड्ने घोषणा ।

मंगलबार, श्रावण ३१ गते ।
मकवानपुर । सरकारले आउँदो मंसिर ४ गते संघ र प्रदेशको निर्वाचनको मिति घोषणा गरेसँगै यति बेला जिल्लामा चुनावी सहगर्मी बढेको छ । दुई प्रतिनिधि सभा र चार प्रदेश सभा क्षेत्र रहेको मकवानपुरमा यति बेला चुनावी माहोल तातेको छ ।
चुनावी तयारीको लागि पार्टी कमिटिहरुले विभिन्न कार्यक्रमहरुको आयोजना गरिरहेको छन भने केहि नेताहरुले सामजिक सञ्जाल फेसबुक मार्फत उम्मेद्वार घोषणा समेत गरिरहेका छन् ।
सोहि क्रममा नेपाली कांग्रेसका पुरानो नेता भरत पराजुलीले पनि मकवानपुर क्षेत्र नंबर २ (ख) बाट निर्वाचन लडने भएका छन् । पराजुली २०४८ सालमा नै क्रियाशिल सदस्य प्राप्त गरेका नेता हुन् । २०५४ सालमा हाँडिखोला गाविस अध्यक्ष भएका पराजुली तीन पटकसम्म कांग्रेसको महासमिति सदस्य समेत भैसकेका छन् । त्यस्तै देश संघियतामा गएर राज्य पुर्नसंरचना हुँदा बनेको मनहरी गाउँपालिकाको संथापक सभापति समेत रहेका उनलाई कांग्रेस बृत्तमा त्यागी नेताको रुपमा लिईन्छ ।
पराजुलीले आगामी मंसिर ४ लाई लक्षित गर्दै सामजिक सञ्जाल फेसबुकमार्फत आफ्नो उम्मेद्बारी घोषणा गरेको हो । पराजुलीले उम्मेद्बारी घोषणा गरेको क्षेत्रबाट यसअघि नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानीयाँ बिजयी भएका थिए ।
