बाबुराम र म एक भयौँ अब कसैले हल्लाउन सक्दैन : प्रचण्ड

मङ्लबार, साउन ३१ गते ।
मकवानपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफू र नेसपाका अध्यक्ष डा बाबुराम भट्टराई एक ठाउँमा उभिएको र अब कसैले रोक्न नसक्ने उद्घोष गरेका छन् ।
‘बाबुरामजी र प्रचण्डसँगै उभिने कुरा धेरै ठूलो अर्थ छ । हामी उभियौँ अब । अब कसैले रोकेर रोकिँदैन’, प्रचण्डले चुनावपछि एउटै केन्द्र बनाएर अगाडी जाने सहमति छ ।
बाबुराम भट्टराईले माओवादीकै चुनाव चिन्ह, घोषणा पत्र लिएर चुनावी मैदानमा जाने सहमति भएसँगै आज आयोगमा दुई नेता सँगै पुगेका थिए । जनयुद्ध गर्दा सँग सँगै रहेका भट्टराई संविधान जारी भएपछि भने अलग भएर विभिन्न पार्टी बनाउदै अघि बढ्दै आएका छन् ।
त्यसो त एमाले छाडेका वामदेव गौतम पनि माओवादीकै चुनाव चिन्हबाट लड्ने भएका छन् । उनी पनि आज आयोग पुगेका थिए ।