मंगलबार, साउन ३१ गते ।

मकवानपुर । मनहरी गाउँपालिका ७ मनहरी बजारमा रहेको फुटबल क्लबलाई फुटबल जर्सी सहयोग गरिएको छ । मनहरीमा विगत लामो समयदेखि मॉं देबी सुन चॉंदि पसल चलाउदै आएका भिम सुनार (राजु बाबू) ले फुटबल जर्सी सहयोग गर्नुभएको हो ।

स्थानीय तहमा फुटबल खेलमा सक्रिय रहदै आएको क्लबको हौसलाका लागि सुन चॉंदि पसलका प्रोपाईटर सुनारले जर्सी प्रदान गर्नुभएको हो । क्लबका सदस्य पुष्पल मोक्तानको पहल र सहजीकरणमा क्लबका अध्यक्ष विवेक घिसिङलाई सुन चॉंदि पसलका प्रोपाईटर सुनारले १६ सेट जर्सी हस्तान्तरण गर्नुभएको हो । 

विभिन्न फुटबल प्रतियोगितामा सक्रिय रहदै आएको फुटबल क्लबले मनहरी गाउँपालिकामा हुने फुटबल प्रतियोगितामा सहभागिता जनाउँदै आईरहेको छ । स्थानीयस्तरमा रहेका खेलाडीलाई प्रोत्साहन गर्दै आईरहेको क्लबले जर्सी सहयोग गर्ने सुनारलाई धन्याबाद ज्ञापन गरेका छन् ।

साथै क्लबले अब छिट्टै रक्तदान कार्यक्रम संचालन गर्ने तयारी गरिरहेको पनि क्लबका उपाध्यक्ष एवम् युवा नेता सुशीला ब्लोनले बताउनु भयो । क्लबको आयोजनामा फुटबलमा चासो राख्ने सबै युवा बर्गलाई सेमेटेर यहि भदौबाट फुटबल तालीमको पनि संचालन गराउन लागेको उपाध्यक्ष ब्लोनले जानकारी गराएको छ ।