बुधबार, भदौ ०१ गते ।

मकवानपुर । २८ औं तामाङ प्रसारण दिवसको अवसरमा मकवानपुरका सकृय पत्रकार जमुना थिङलाई सम्मानित गरिएको छ । तामाङ पत्रकार संघ मकवानपुर शाखाले आयोजना गरेको “तामाङ पत्रकारहरुको अवस्था, अवसर र चुनौती विषयक अन्तरक्रिया तथा जनप्रतिनिधि सम्मान” कार्यक्रममा जमुनालाई सम्मान गरिएको हो ।

उनलाई नगद २ हजार ५ सय रुपैयाँ र नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष रुपेश दुलालको व्यक्तिगत २ हजार ५ सय रुपैयाँ र तामाङ पत्रकार संघ मकवानपुरका संस्थापक आदर्श थोकरले व्यक्तिगत नगद ५ सय रुपैयाँ गरी ५ हजार ५ सय रुपैयाँसहित जमुनालाई सम्मान गरिएको हो । तामाङ पत्रकार संघ मकवानपुरका अध्यक्ष जयराम मोक्तानको अध्यक्षता तथा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित कुमार घलानको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

उक्त कार्यक्रममा नेपाल तामाङ घेदुङ संघ बागमती प्रदेशका अध्यक्ष लिला कुमार घलान, हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँ, भिमफेदी गाउँपालिका अध्यक्ष हिदम लामा, राक्सिराङ्ग गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल, मकवानपुर गढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तान लगायतको आतिथ्यता रहेको थियो ।