बिहिवार, भदौ ०२ गते ।

मकवानपुर । हेटौँडा उपमहानगरपालिकाले हेटौँडामा अटो सञ्चालनको लागि नयाँ मापदण्ड बनाएपछि अटो चालक तथा ब्यवसायी आन्दोलित बनेका छन् । उनिहरुले अटो सहित हेटौँडा उपमहानगरपालिकाको गेट अगाडी प्रर्दशन गरेका छन् ।

हेटौँडा बजारमा सञ्चालनमा रहेको करिबकरिब ४/५ सयको हारहारीमा अटो ब्यवसायी तथा चालकहरुले उपमहानगरपालिकाले विभेदकारी नीति बनाएर आफुहरुको रोजिरोटी खोसेको भन्दै अटो सहित प्रर्दशन गरेका हो । हेटौँडा उपमहानगरपालिकाले २०७६ पुस ७ गतेसम्म दर्ता भएका अटोलाई मात्र हेटौँडा उपमहानगरपालिका क्षेत्रमा सञ्चालन गर्न दिने गरि ‘ग्रिन स्टिकर’ टास्न सुरु गरेपछि त्यस यता दर्ता भएर सञ्चालनमा रहेका अटो ब्यवसायीले धर्ना तथा प्रर्दशन सुरु गरेका छन् ।

उनिहरुले परिवार पाल्नको लागि अटो किनेर चलाउँदै आएको भन्दै ब्यवसायी समेत रहेका चालक हेटौँडा १० का किशु तामाङले उपमहानगरपालिकाको पछिल्लो नीतिले आफुहरुले दैनिक गुजारा गुजार्न समेत मुस्किल परिरहेको बताए । राज्यले अटो सञ्चालनको लागि रुट परमिट पनि दिएको अवस्थामा उपमहनगरपालिकाले यसबारे समन्वय गर्नुपर्ने उनको भनाई छ ।