फाईल तस्वीर ।

आइतबार, भाद्र ०५ गते ।

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिका १० स्थित मनहरी खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ भने अर्की एक महिला बेपत्ता भएकी छिन् ।
शनिबार मनहरी बजारबाट सामान खरिद गरी घर फर्कने क्रममा साँझ करिब ६ बजेको समयमा कैलाश १० कि ४० वर्षीय माइलीमाया जिम्बा र ३० वर्षीया सन्चमाया प्रजालाई खोलाले बगाएको हो ।

३० वर्षीया सञ्चमायाको शव भने फेला परेको छ । उनको शव कैलाश ९ को खोला किनारमा भेटिएको नामटार प्रहरी चौकीका प्रहरी हवल्दार उमेशकुमार पाशवानले बताए । भर्खरै मात्र शव फेला पारी मुचुल्का तयार पार्ने काम भइरहेको र अर्की बेपत्ता माइलीमायाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।