आइतबार, भदौ ०५ गते ।

मकवानपुर । मनहरी गाउँपालिका ८ मा रहेको महेन्द्र किरण माध्यमिक विद्यालयलाई अनिश्चितकालका लागि बन्द गरिएको छ । शैक्षिक सत्र २०७८ मा १ जना विद्यार्थी मात्रा विषय नलागि पास भएको र अन्य विद्यार्थीहरु सबै विषय लागेको भन्दै स्थानीय अभिभावहरुले एक विज्ञप्ती जारी गर्दै अनिश्चितकालका लागी विद्यालय बन्द गरिएको हो ।

उक्त जारी विज्ञप्तीमा विद्यालयको प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिले राजिनामा नदिएसम्म विद्यालय बन्द रहने विज्ञप्तीमा उल्लेख छ । साथै विद्यालय व्यवस्थापन समितिले विद्यालयको समस्याको विषयमा चासो नदेखाएको आरोप पनि लगाएको छ । पश्चिम मकवानपुरको पुरानो विद्यालय महेन्द्र किरणमा शिक्षाको गुणस्तरमा कमजोरी देखिएको छ । विद्यालय व्यवस्थापन समितिले विद्यालय प्रशासनलाई कडाई गर्न नसक्दा विद्यालयले दिदै आएको शिक्षाको गुणस्तर खस्किदै गएको हो ।