सोमबार, भाद्र ०६ गते ।

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी नेपाल मकवानपुरले प्रथम प्रारम्भिक भेला गर्ने भएका छन् । यहि बिहिवार हेटौंडामा पार्टीको प्रथम प्रारम्भिक भेला बस्न लागेको हो ।
गत साउन २७ गते पार्टी सभापति रवि लामिछानेको उपस्थिमा भएको प्रथम प्रदेश स्तरिय भेलाले जिल्लाको सभापतिमा राजकुमार न्यौपानेलाई जिम्मेवारी दिएका थिए । बिहिवार बस्ने भेलाले जिल्ला समितिलाई पुर्णतः दिने र जिल्लाका पालिकाहरुमा संगठन विस्तार गर्ने पार्टी सचिव रामप्रसाद आचार्य(सुमन) ले बताए । साथै भेलामा आगमी निर्वाचनको लागि उम्मेदवारको बारेमा समेत छलफल गरिने आचार्यले बताए । पार्टीले प्रदेश सभाको निर्वाचनमा भने भाग नलिने बताई सकेका छन् ।