मंगलबार, भाद्र ०७ गते ।

मकवानपुर । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित चार कम्युनिष्ट पार्टीको संयुक्त मोर्चाले आज आह्वान गरेको नेपाल बन्दको प्रभाव मकवानपुरको हेटौंडामा सामान्य रहेको छ ।

हेटौंडा–भीमफेदी–काठमाडौं चल्ने सुमोहरु चलेका छन् भने जिल्ला भित्र चल्ने सार्वजनिक बसहरु बन्द रहेका छन् । बजार क्षेत्रका व्यवसायिक पसलहरु खुलेका छन् भने शैक्षिक संस्थाहरु भने बन्द रहेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले हालसम्म जिल्लामा कुनै पनि अप्रिय घटना नभएको जानकारी गराएको छ ।