बुधबार, भाद्र ८ गते ।

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरको प्रथम प्रारम्भिक भेला हुने भएको छ । भोलि (विहिवार) हेटौंडाको क्वीक ट्वान्टी पार्टी प्यालेसमा पार्टीको प्रथम प्रारम्भिक भेला बस्न लागेको हो ।

गत साउन २७ गते पार्टी सभापति रवी लामिछानेको उपस्थिमा भएको प्रथम बागमती प्रदेश स्तरिय भेलाले जिल्लाको संयोजकमा राजकुमार न्यौपानेलाई जिम्मेवारी दिइएको थियो ।

भेलाले जिल्ला समितिलाई पुर्नता दिने, जिल्लाका पालिकाहरुमा संगठन विस्तार हुने पार्टी सचिव रामप्रसाद आचार्य(सुमन)ले जानकारी दिए । भेलाले आगमी निर्वाचनको लागि उम्मेदवारको बारेमा समेत छलफल गरिने आचार्यले बताए ।

कार्यक्रमले मकवानपुरमा मौलायको अनिमियता ,भ्रष्ट्रचार लगायत बिभिन्न सरकारी निकायमा खबरदारी गर्नको लागि ऱ्यापीड एक्सन टिम निमार्ण गर्ने, सरकारी कार्यलय, कर्मचारीलाई मात्र सुधार लेराउने हो भने आम जनताको समस्या आधा हल हुने जिल्ला पार्टी अध्यक्ष राजकुमार न्यौपानेले बताए ।