बिहीबार, भदौ ०९ गते ।

मकवानपुर । मकवानपुर काँग्रेसका पुरानो नेता भरत पराजुलीले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । पार्टीले सधैं धोका र भ्रममा राखेको भन्दै पार्टी परित्याग गरेको पराजुलीले घोषणा गरेका हुन् ।

पराजुलीको घोषणापछि मकवानपुरमा अन्य कतिपय जिल्ला तहका नेताहरुदेखि लिएर वडा तहसम्मकै नेताहरुले समेत पार्टी परित्यागको तयारी गरिरहेको सूचना परदेश अनलाइनले प्राप्त गरेको छ । पराजुलीले हाम्रो अनलाइनसग कुरा गर्दै पार्टी परित्याग गरेको जानकारी गराएका हुन् ।

पार्टीमा आफुले लामो समय बसेर इमानदारीपुर्वक ईमानदार भएर पार्टीको कार्यकर्ता भई काम गरेको बताउदै पछिल्लो समय भने काँग्रेसभित्र ब्यक्तीवादी प्रवृत्ति बढी मौलाएको बताउदै यसमा आफु रहेर कुनै औचित्य नहुने देखेर आफुले स्वतन्त्र बस्ने निर्णय लिएको बताए । काँग्रेस पहिले र अहिलेमा आकाश जमिनको नै फरक भएको पनि पराजुलीले बताए । चाकडीको पथमा काँग्रेस हिड्न थालेको उल्लेख गर्दै आफु काँग्रेसबाट अलगिएको बताए ।

साथै पराजुली रवि लामिछानेले नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी नेपालमा प्रवेश गर्ने चर्चा छ । चर्चालाई राष्ट्रिय स्वतन्त्रका एक युवा नेताले पुष्टि समेत गरेका छन् । तर पराजुलीले भने यसलाई स्वीकार गरेका छैनन् ।